कल्लेरी साना किसानको २६ औं साधारण सभा ।

५ पाैष कल्लेरी,
साना किसान कृषि सहकारी संस्था लि गल्छी २ कल्लेरी धादिङको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । 
संस्थाको भवन केउरेनीटारमा सम्पन्न साधारण सभामा संस्थाका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । 
संस्थाले मंसिर २६ गते देखी पौष १८ गते सम्म विभिन्न ११ वटा अन्तर समुहमा आयोजना गरेको साधारण सभाको पुर्वतयारी गोष्ठी पछि पौष ५ गते सनिबार केन्द्रिय रुपमा साधारण सभा आयोजना गरेको हो । 
संस्थाका अध्यक्ष कल्याण आचार्यको अध्यक्षतामा बसेको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघका अध्यक्ष, सना किसान विकास लघुवित्त वित्तिय संस्था लि, सहकारी महासंघका उपाध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेको थियो । 
त्यस्तै गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, उपाध्यक्ष भाईकाजी तिवारीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडा नं २ का अध्यक्ष षडानन्द खनाल, बैरेनी साना किसानका अध्यक्ष बद्रि अधिकारी, हाइवे बचत तथा ऋण सहकारी संस्थाका मुख्य प्रवन्धक ऋषि राम नेपाल लगायतको आतिथ्यता रहको थियो । 
साधारण सभामा सम्वोधन गर्नुहुदै प्रमुख अतिथि खेम बहादुर पाठकले २६ वर्ष अघि कल्लेरीका गाउँ गाउँमा सहकारी स्थापनकाका लागि गरिएका कार्यक्रममा आफु सहभागी रहेको स्मरण गर्दै २६ वर्षमा संस्थाले हासिल गरेको उपल्व्धीको प्रसंसा गर्नुभयो । 
साना किसान सहकारीले चेताना, प्रविधि, पुँजी, बजार लगायतका क्षेत्रमा ससस्यहरुलाई सेवा प्रवाह गरिरहेको बताउँदै नेपालको ग्रामिण अर्थतन्त्रको सवलीकरणमा साना किसानको भुमिका अत्यन्त महत्वपूर्ण रहने बताउनु भयो । 

सहकारीका सदस्यहरुले लगेको ऋण सापटी रकम बेलैमा फिर्ता नगरेका कारण सहकारीको बास्तविक नाफा रकम घटेको र बोनस वितरण गर्न नसकिएकोमा दुख व्यक्त गर्दै उहाले शिर्षक अनुसारको ऋणको सदुपयोग गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा विशिष्ट अतिथि एवं गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले सहकारीले प्रस्ताव गरेका विभिन्न शिर्षकमा पालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि स्थानिय सरकार सहिकारीको विकासका लागि सदैव तयार रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा बोल्नुहुँदै गल्छी गाउँपालिकाका उपाध्यक्ष भाइकाजी तिवारीले समान प्रकृतिका सहकारीको एकिकरणमा जोड दिदै सहकारी मार्फत गाउँमा वितरण हुने मलखादको समानुपातिक वितरणमा जोड दिनुभयो । 
त्यस्तै वडा अध्यक्ष षडानन्द खनालले वडाको बजेट बाटै भएपनि सहकारीका आवश्यकता अनुसारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँदै बजेट अभावका कारण कतिपय कार्यक्रमहरु सञ्चालन गर्न नसकिएककोमा दुख व्यक्त गर्नुभयो । 
कार्यक्रममा संस्थाका अध्यक्ष एवं सभा अध्यक्ष कल्याण आचार्यले वार्षिक प्रतिवेदन, लेखा समितिका संयोजक नवराज पौडेलले लेखा प्रतिवेदन, संस्थाका मुख्य प्रवन्धक ज्ञान प्रसाद खतिवडाले बजेट एवं सांगठनीक प्रतिवेदन पेश गनुभएको थियो भने सभाले सबै प्रतिवेदनहरु सर्व सम्मतिले पारित गरेको छ । 


सभाले संस्थाका सदस्यहरुलाई विभिन्न शिर्षकमा सम्मान समेत गरेको छ । 
साना किसान कृषि सहकारी सस्था लि कल्लेरी धादिङको २०८२ असार मसान्त सम्म १४४१ जना शेयर सदस्य, २५७ समुहहरु, ७२५ जना ऋणी सदस्य, ३ करोड २५ लाख शेयर रकम, १५ करोड ७२ लाख बचत रकम र ५६ लाख १० हजार खुद नाफा रहेको छ ।  

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *