सालाङ सानाकिसान कृषि सहकारी संस्था लि सिद्धलेक ४ सालाङको २६ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन सम्पन्न भएको छ ।
पुष २७ गते जलेश्वरी मावि सलाङघाटमा सम्पन्नसभाले डिल्ली प्रसाद पाठकको अध्यक्षतामा ९ सदस्यिय सञ्चालक समितिको चयन गरेको छ । भने लेखा समितिको छनोट हुन सकेन ।
२६ औं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष डिल्ली प्रसाद पाठकको प्रतिवदेन, संस्थाका प्रवन्धक गोपाल सिलवालको आ व २०८१ ८२ को बार्षिक प्रगती प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक पदमराज सिलवालको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
अध्यक्ष डिल्ली प्रसाद पाठकको प्रतिवेदन अनुसार संस्थाले २०८२ असार मसान्त सम्ममा बचत तथा ऋण बाहेकका विभिन्न ४१ वटा कृयाकलाप हरु सञ्चालन गरेको छ ।
सलाङ सानाकिसान कृषि सहकारी सस्थाको गत असार मसान्त सम्म ३१० वटा समुह, १६९४ सदस्य र १०३७ जना ऋणी सदस्य रहेको छ भने संस्थाले ४८ करोड ७२ लाख ऋण लगानी गरेको छ भने संस्थाको कूल सम्पत्ति तथा दायित्व ६२ करोड १४ लाख रहेको छ ।
सानाकिसान कृषि सहकारी मध्य नेपालकै नमुना सहकारीका रुपमा स्थापित हुन सफल सलाङ सानाकिसान कृषि सहकारीले सदस्य कृषकका लागि यस वर्ष विभिन्न सेवा सुविधा उपलव्ध गराउन १ सय ११ बुँदे कार्ययोजना समेत साधारण सभाबाट पारित गराएको छ ।
सलाङ सानाकिसान कृषि सहकारी संस्थाको अध्यक्षमा निर्वाचित भएपछि सस्थाका अध्यक्ष एवं बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष समेत रहनुभएका डिल्ली प्रसाद पाठकले सहकारी संस्थाहरु अहिलेको परिस्थितिमा चुनौतीहरुका विचमा रहेको भन्दै जस्तो सुकै चुनौतीको सामना गर्न आफु अध्यक्ष रहेको सञ्चालक समिति सक्षम रहेको बताउनु भयो ।
सहकारीमा आवद्ध भइ वर्ष भरि उत्कृष्ट कारोवार गर्ने समुह, सदस्यहरुलाई विभिन्न शिर्षकमा सम्मान गरि साधारण सभाको अवसरमा नगद प्रोत्साहन समेत गरिएको छ ।
सालाङ सानाकिसान कृषि सहकारीको साधारण सभामा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सबिता अर्याल, प्रमुख प्रसाशकीय अधिकृत अनिशा आचार्य, विभिन्न वडाका वडा अध्यक्षहरु, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रंग प्रसाद थपलिया लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका प्रवन्धक गोपाल सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रममा सहकारी संस्थाका करिव ८५ प्रतिशत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो भने सदस्यहरुलाई सानाकिसान कृषि सहकारीले संस्थाले उत्पादन गरेको तेल वितरण गरिएको थियो ।






Leave a Reply