बैरेनी सानाकिसान २९ औं वर्षमा, भेगकै नमुना कृषि सहकारी बनाउने प्रतिवद्धता । 

बैरेनी सानाकिसान कृषि सहकारी स्थापनाको २८ औं वर्ष पुरा गरि २९ औं वर्षमा प्रवेश गरेको छ । 
२९ औं वार्षिक उत्सव कार्यक्रम संस्थाले आप्‌mनै भवनमा रहेको सभाहलमा भव्य रुपमा सम्पन्न गरेको छ । 
साना किसानको समृद्धि कृषिको रूपान्तरण र उद्धमशिलताको विकास भन्ने मुल नाराका साथ स्थानिय कृषकहरु सिप, पुँजी, प्रविध, बजारको पहुँच बृद्धिका लागि सहकारीले आफ्ना विभिन्न सामाजिक सामुदायिक तथा आर्थिक कृयाकलापहरु सञ्चालन गरिरहेको छ ।

संस्थाका अध्यक्ष बद्री प्रसाद अधिकारीको अध्यक्षता, गल्छी गाउँपालिकाका उपाध्यक्ष  भाईकाजी तिवारीको प्रमुख आतिथ्यता तथा गल्छी गाउँपालिका वडा नं. चार का वडा अध्यक्ष राजु अधिकारीको आतिथ्यतामा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, अन्तर समुहका अध्यक्षहरु, कर्मचारीहरु र शेयर सदस्यहरुको उपस्थित रहेको थियो । 


संस्थाले प्रत्येक बर्ष स्थापना दिवसको दिन हरेक अन्तर समुहबाट १ जनाका दरले विपन्न सदस्य छनौट गरि बीउ पुँजी बितरण गर्ने गरेको सन्दर्भमा २९औं स्थापना दिवसको अवसरमा ११ जना सदस्यहरुलाई बीउ पुँजी स्वरुप बाख्रा हस्तान्तरण गरेको छ । 
स्थापना दिवस कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले स्थानिय ग्रामिण क्षेत्रका नागरिकको आर्थिक सामाजिक परिवर्तनका लागि सहकारीले उल्लेख्य योगदान गरेको भन्दै आगामि दिनमा सहकारी थप शसक्त बन्दै नागरिकको जिवन परिवर्तका लागि लागी पर्ने विस्वास व्यक्त गर्नुभयो । 
कार्यक्रमका अध्यक्ष तथा बैरेनी साना किसानका अध्यक्ष बद्रि प्रसाद अधिकारीले विगतका स्थापना कालदेखी हालसम्म संस्थाका पुर्व अध्यक्षहरु तथा सञ्चालकहरुले पुर्याउनु भएको योगदानको उच्च प्रसंशा गर्दै आप्‌mनो नेतृत्वमा सहकारीलाई थप उचाइमा पुर्याउन आफु र हालको कार्यसमिति लागि परेको कुरा व्यक्त गर्नुभयो । 
संस्थाका प्रवन्धक रामजी अतिवडाले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तिहरु तथा सहकारीका कर्मचारीहरुमा धन्यवाद दिदै सहकारीको भावना अनुरुप सदस्यहरुको जिवनस्तर उकास्न सहकारीको कर्मचारी प्रसाशन सदैव प्रतिवद्ध रहेको बताउनु भयो । 
बैरेनी साना किसान कृषि सहकारी २९ औं वर्षमा आइपुग्दा सहकारीमा ३०३ वटा समुह, १६ सय ९९ सदस्य रहेका छन् । केहि तस्विरहरूः

Categories:

Leave a Reply

Your email address will not be published. Required fields are marked *